sevenstartv.com १ चैत २०८२, आइतवार

इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली घाइते

३० फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली घाइते भएका छन् । शुक्रबारको ड्रोन आक्रमणमा परेर नुुवाकोट ककनी घर भएका एक नेपाली सामान्य घाइते भएको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

स्रोतका अनुसार घाइते नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनलाई शनिबार बिहान डिस्चार्ज गर्ने तयारी छ । उनी आफ्नै कोठामा बसिरहेको बेलामा इरानी ड्रोन विस्फोट हुँदा छर्राले लागेको थियो ।

शुक्रबार ओमानमै इरानी आक्रमणमा परेर ओमानमा दुई विदेशी कामदारको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्