माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु
काठमाडौं । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका( १ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामीको मृत्यु भएको हो ।
सोमबार बिहान मुसिकोट नगरपािलका–१ स्थित उपल्लो राक्से क्षेत्रको बडिगाड खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दीपजन दर्लामी आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर गएराति बडिगाड खोलातर्फ गएका थिए । दीपजन डुबेपछि डम्बर घर फर्केर स्थानीयवासी र प्रहरीलाई जानकारी गराएका थिए ।
