sevenstartv.com २६ फागुन २०८२, मङ्गलवार

सरकार विरोधी इरानी नागरिकहरूको सम्पत्ति जफत गरिने

२५ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । इरानले विदेशमा बसोबास गर्ने सरकार विरोधी इरानी नागरिकहरूको सम्पत्ति जफत गरिने चेतावनी दिएको छ ।

इरानी अधिकारीहरूले यो चेतावनी विशेष गरी इजरायल तथा अन्य शत्रु देशसँग सहकार्य गर्ने व्यक्तिहरूलाई लक्षित भएको बताएका छन् । यस्तो कारबाही राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितविरुद्ध हुने गतिविधि रोक्न लागू गरिने वक्तव्यमा भनिएको छ । 

यो घोषणा सन् २०२५ को अक्टोबरमा पारित गरिएको जासुसी तथा शत्रु देशसँगको सहकार्यमा कडा सजाय बढाउने कानुन अन्तर्गत गरिएको बताइएको छ । उक्त कानुनको धारा १ मा इजरायल वा अन्य शत्रु देशसँग सहयोग गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्ने व्यवस्था रहेको जनाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्