sevenstartv.com २० वैशाख २०८३, आइतवार

आज काठमाडौंका यी स्थानमा हुनेछ विद्युत अवरुद्ध

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा आज बिहानेदेखि देखि अपराह्न ४  बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो । 

अनामनगर पुर्वीगेट हुँदै हनुमान स्थान, सिंहदरबार दक्षिणगेट हुँदै न्युरो हस्पिटल अगाडी,प्रभु बैङ्क अगाडी धोवीखोलाहुदैं सेतोपुल मैतीदेवी जाली कारखाना, घटेकुलो एरिया र गोर्खा एफएम सम्मको विद्युत् सेवा अवरुद्ध हुने भएको  छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्