sevenstartv.com २० वैशाख २०८३, आइतवार

नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ । 

कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, रुपन्देहीको इलाका प्रहरी कार्यालय मझगाउँमा सन्तोष बस्याल र सिराहा स्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा सन्तोष कुमार बुढाथोकीलाई पठाइएको छ । 

शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र बाङगेल लामालाई जाजरकोट स्थित इलाका प्रहरी कार्यालय रिम्नामा सरुवा गरिएको छ । 

रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारी, पर्सा ट्राफिकमा लोकराज भट्ट, महोत्तरी ट्राफिकमा लक्ष्मीराज जोशी र प्रहरी प्रभाग मंगलबजारमा लीलाभक्त बादेलाई पठाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्