सिन्धुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-४ हिरापानीस्थित बीपी राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुधबार मध्यान्ह बा।४ ख ३८९४ नम्बरको बसले ठक्कर दिँदा ज.१० प ९२३ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।
मृत्यु हुने करिब ३५ वर्षीय पुरुष व्यक्तिको सनाखत हुन सकेको छैन् । काठमाडौंबाट मरिणतर्फ जाँदै गरेको बसका चालक ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ । स्कुटर सिन्धुलीबाट चियाबारीतर्फ जाँदै थियो ।
