sevenstartv.com २० फागुन २०८२, बुधवार

अमेरिकाद्वारा दूतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

२० फागुन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ । साथै अमेरिकाले साउदी अरब, साइप्रस र ओमानमा मिसनहरु छोड्न समेत अनुमति दिएको छ ।

अमेरिकी विदेश विभागले पाकिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी सरकारी कर्मचारी , लाहोर र कराचीको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी र उनीहरुका परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिँदै विज्ञप्ति जारी गरेको जनाइएको छ । यधपि, राजधानी इस्लामाबाद स्थित दूतावासको सुरक्षा स्थितिमा भने कुनै परिवर्तन नभएको बताएको छ । यसअघि नै विभागले अमेरिकी सरकारी कर्मचारीहरू र उनीहरुको परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण साउदी अरेबिया, ओमान र साइप्रस छोड्न निर्देशन दिएको थियो ।

यसैबिच विभागले मध्यपूर्व छोडेर संयुक्तराज्य अमेरिका फर्कन चाहने नागरिकहरूलाई आवाश्यक सहयोग गर्न कदम चालेको समेत जानकारी दिएको छ । पछिल्लो केही दिनमा ९ हजारभन्दा बढी अमेरिकी नागरिकहरू मध्यपूर्वबाट सुरक्षित फर्केको जनाइएको छ भने इजरायलबाट फर्किनेहरु मात्र ३०० भन्दा बढी छन् । जेनेभामा अमेरिकी दूतहरूले आणविक सम्झौताको विषयमा इरानसँग छलफल गरेको दुई दिनपछि संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार आक्रमण सुरु गरेका थिए भने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको आक्रमणमा परी मृत्यु भएको छ ।

त्यसलगतै इरानले मध्यपूर्वमा जवाफी आक्रमण विस्तार गरेको छ, मङ्गलबार संयुक्तराज्य अमेरिका र इजरायलले तेहरानका प्रमुख साइटहरू ध्वस्त पारेको जनाइएको छ भने अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्