sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन

१९ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाले बहराइन, जोर्डन र इराकमा रहेका गैर–आकस्मिक सेवामा कार्यरत आफ्ना सरकारी कर्मचारी र उनीहरूका परिवारलाई ती मुलुक छाड्न निर्देशन दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा सुरक्षा अवस्था अस्थिर बन्दै गएकाले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी नागरिकलाई ती मुलुकको यात्रा नगर्न पनि आग्रह गरेको छ । इरानले अमेरिका–इजरायलको संयुक्त आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा क्षेत्रीय तनाव चर्किएको छ। इरानले आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ ।

यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले बहराइनमा रहेको अमेरिकी हवाई अड्डालाई निशाना बनाइएको दाबी गरेको छ । बग्दादस्थित अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार सयौँ प्रदर्शनकारीले प्रवेश गर्ने प्रयास गरेका थिए । त्यस्तै, अम्मानमा रहेको अमेरिकी दूतावासले अज्ञात सुरक्षा खतराका कारण अस्थायी रूपमा कर्मचारीहरू खाली गरिएको जनाएको छ ।

उता साउदी अरबले इरानको जबाफी कारबाहीपछि एक दर्जनभन्दा बढी क्षेप्यास्त्र अवरोध गरी नष्ट गरिएको दाबी गरेको छ । क्षेत्रीय तनाव बढ्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्