sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

१९ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ । उक्त केन्द्रमा ठूलो क्षति पुगेको देखिएको छ।

बिबिसीले सार्वजनिक गरेका तस्बिरमा प्रशोधन केन्द्रको मध्य भागको वरपर आगो लागेको र डढेको स्पष्ट देखिन्छ । तस्बिरमा पाइपलाइन, ट्याङ्की र सडकको सञ्जालबीचको पूर्वाधारमा क्षति पुगेको र आगो निभाउन सेतो रङ्गको पानी वा रसायन छर्किएको समेत देखिन्छ ।

साउदीको सरकारी तेल कम्पनीले उक्त आक्रमणपछि सुरक्षाका कारण प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । यो केन्द्रको दैनिक ५ लाख ५० हजार ब्यारेल तेल उत्पादन गर्ने क्षमता राख्छ ।

आक्रमण भएको क्षेत्रमा पाइपलाइनहरूको ठूलो सञ्जाल छ, जहाँबाट एकै पटक चारवटा ट्याङ्करमा तेल भर्ने गरिन्छ । विश्व बजारमा तेल आपूर्तिका लागि यो केन्द्र रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्