इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु
काठमाडौं । इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ ।
युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो । जसमध्ये एक जना नेपाली नागरिक रहेको उल्लेख छ । अर्का एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन् । मन्त्रालयले मृतकको पहिचान खुलाएको छैन ।
अरू ५८ जना सामान्य घाइते समेत रहेको मन्त्रालयले उल्लेख गरेको छ । युएईमा नेपाली नागरिकको मृत्यु भएको विषयमा आफूहरुले पनि संचारमाध्यमबाट खबर प्राप्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । अमेरिकाले इरानमा हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ ।
युएईको रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरू भएयता इरानले युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । तीमध्ये १५२ वटा नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका छन् ।
