sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

इरानका रक्षामन्त्री नशिरजादे मारिएको इजरायली अधिकारीकाे दाबी

१७ फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलामा परी इरानका रक्षामन्त्री आमिर नशिरजादे मारिएको इजरायली अधिकारीले दाबी गरेका छन् ।

आक्रमणमा परी र सैन्य संगठन इस्लामिक रिभल्युसनरी गार्ड कोर आईआरजीसीका कमाण्डर मोहम्मद पाकपोर पनि मारिएका छन् । आक्रमणपछि सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अवस्था भने अज्ञात रहेको जनाइएको छ ।

इरानी सुरक्षाकर्मीले खामेनी, राष्ट्रपति मसुद पेजेस्कियानको कार्यालय र संसद् भवन जाने बाटो बन्द गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्