होली पर्व आजदेखि विधिवत रुपमा सुरु
काठमाडौं । होली पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व शुरू भएको हो ।
आज बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएको छ । रङ्गीचङ्गी धजा झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याएको हो ।
तीन तले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सम्पन्न हुन्छ। यस वर्ष होलीपर्व पहाडी जिल्लाहरूमा फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ ।
