sevenstartv.com २१ फागुन २०८२, बिहिवार

धादिङमा भएको बस दुर्घटनामा परेर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु

१२ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा परेर घाइते भएका एकजना यात्रुको उपचारको क्रममा  मृत्यु भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–६ घर भएका ४५ वर्षीय घनश्याम सुवेदीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।  फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग.२ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । 

पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल बनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्