sevenstartv.com २१ फागुन २०८२, बिहिवार

जुम्लामा जिप दुर्घटना : ७ जना घाइते

७ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । 

जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।दुर्घटना लगतै निर्वाचन सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा घाइतेहरूको उद्धार गरेको हो ।

घाइतेहरूलाई थप उपचारका लागि तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ। तीव्र गतिका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्