शिवरात्रिको दिन प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
काठमाडौं । पशुपति क्षेत्रमा शिवरात्रिको दिन प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । नुवाकोट घर भएका २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ परेका हुन् ।
शिवरात्रिको दिन पशुपति क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि हातपाट गरेका थिए । प्रहरीमाथि हातपात गरेको भिडिओ भाइरल भएपछि प्रहरीले उक्त व्यक्तिको पहिचानको लागि सर्वसाधरणसँग सहयोग मागेको थियो ।
श्रेष्ठलाई बालाजुबाट पक्राउ गरिएको हो । शिवरात्रिको दिन केटी जिस्काएको भन्दै प्रहरीले उनलाई सम्झाउन खोज्दा उल्टै प्रहरी जवानलाई लाती हानेका थिए ।
