sevenstartv.com २३ फागुन २०८२, शनिवार

धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन

२७ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्कघात भएपछि उपचाररत यादवको काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा सोमबार निधन भएको हो ।

मेयर यादवलाई गत बिहीबार राति अचानक मस्तिष्कघात भएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई तत्काल जनकपुरधामको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । प्रारम्भिक उपचारपछि अवस्था सुधार नआएपछि शुक्रबार हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

यादव नेपाली कांग्रेसबाट हंसपुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्