सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा
काठमाडौं । शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा पुर्याएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि थापाको शव चलचित्र विकास बोर्डमा पुर्याइएको हो ।
बोर्डमा श्रद्धाञ्जलीमा राख्नु अघि थापाको शवलाई पोस्टमार्टम गरिएको थियो । ६८ वर्षीया थापाको हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले बलिउड र नेपाली गरेर ३ सय बढी फिल्म अभिनय गरेका छन् ।
