sevenstartv.com २१ वैशाख २०८३, सोमवार

मकवानपुरमा चितुवा मृत अवस्थामा फेला

२० माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ महालक्ष्मी खोला किनारामा चितुवा मृत अवस्थामा फेला परेको छ । सोमबार राति मृत अवस्थामा फेला परेको पोथी चितुवा ३९ केजी तौलको रहेको जनाइएको छ । 

चितुवाको मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेकाले चितुवाहरु एक आपसमा जुधेर मरेको जस्तो देखिएको छ । एक सय ७० सेन्टिमिटर लम्बाई भएको चितुवा करिब साढे २ वर्षदेखि ३ वर्षको जतिको हुन सक्ने अनुमान गरिएको छ । 

चितुवा मृत अवस्थामा रहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी सहायक निरीक्षक यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्