दक्षिण कोरियाली रोजगारीमा असर पर्ने क्रियाकलाप नर्गन आग्रह
काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले दक्षिण कोरियाली रोजगारीमा असर पर्ने क्रियाकलाप नर्ग आन्दोलनरत युवाहरूलाई आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरिया सरकारद्वारा सञ्चालित श्रमिक छनोट प्रणाली पारदर्शी, विश्वसनीय र स्वचालित रहेको भन्दै मन्त्रालयले आन्दोलनले रोजगारीमा नकारात्मक असर गर्नसक्नेतर्फ सचेत गराएको हो ।
कोरिया कामदार पठाउने प्रक्रियामा कुनै पनि व्यक्ति, कर्मचारी वा निकायले आफूले चाहेअनुरूप फाइल पठाउन नसक्ने भएकाले शंका नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
ईपीएस प्रणालीमार्फत कोरियाले सबैभन्दा धेरै नेपालबाट कामदार आपूर्ति गर्दै आएको छ। १७ देशमध्ये नेपालबाट मात्रै ४४ प्रतिशत कामदार आपूर्ति गरेको एचआरडी, कोरियाले जनाएको छ।

.
.
