बालेनको प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधन
काठमाडौं । रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाहको चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा ग्रान्डी अस्पतालमा १२ बजेर ४५ मिनेटमा निधन भएको हो । बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएको थियो ।
चलचित्र पत्रकारहरू तथा शुभेच्छुकहरूलाई अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा दिउँसो २ः ३० देखि ३ः०० बजे सम्म राखिनेछ । उनी फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक पनि हुन् ।
