sevenstartv.com २१ वैशाख २०८३, सोमवार

पार्कीङको विषयलाई लिएर मिनी बस व्यवसायीहरुले गरे बागलुङ पोखरा सडक अबरुद्ध

१८ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं ।  मिनी बस व्यवसायीहरुले पार्कीङको विषयलाई लिएर मध्यपहाडी लोकमार्गको बागलुङ पोखरा सडक अबरुद्ध गरेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखा बाङ्गेचौर स्थित लोकमार्गमा चक्काजाम गरेर आज बिहानदेखि सडक ठप्प पारेका छन् । बागलुङ–कुश्मा चल्दै आएका छोटा दुरीका मिनीबसले नयाँ बागलुङ बसपार्क उपल्लाचौरमा जान नसक्ने र ट्राफिक चोकबाटै छुट्नुपर्ने माग राख्दै सडक ठप्प पारेका हुन् । बागलुङ–कुश्मा १४ वटा मिनीबस १५ मिनेटको दुरीमा छुट्दै आएका छन् ।

उनिहरुले नयाँ बसपार्क उपल्लचौरबाट १४६ रुपैया पार्कीङ शुल्क तिर्न नसक्ने र यात्रुको माग अनुसार उपल्लाचौर पुग्न नसक्ने बताउदै आएका छन् । उनिहरुले कर्मचारी, विद्यार्थीलाई बागलुङ बजार छोड्नुपर्ने भन्दै रामरेखाको बाटो उपल्लाचौर पुग्न नसक्ने माग राखेर सडक चक्काजाम गरेका छन् । सडक ठप्प भएपछि लामो तथा छोटो दुरीकाका लागि छुटेका बस तथा जिपहरु गन्तव्यतर्फ जान सकेका छैनन् भने यात्रुहरु अलपत्र परेका छन् । बागलुङ, बेनी, रुकुम पूर्व लगायतको स्थानबाट पोखरा र काठमाण्डौ तर्फ छुटेका सवारीसानधहरु बागलुङबजारमै रोकिएका छन् ।

उनिहरुले अत्यावश्यकको सवारीसाधनलाई छुटाएको जनाएका छन् । छोटो दुरीका बसलाई पार्कीङ शुल्कका नाममा व्यवसायबाट पलायन बनाउन खोजेको गुप्तेश्वर यातयात प्रालिका सचिव लक्ष्मण जिसीले बताए । उनले बागलुङ बजारका यात्रुलाई उपल्लाचौर छोड्न नसक्ने बताउदै आन्दोलनमा उत्रेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्