sevenstartv.com १५ माघ २०८२, बिहिवार

गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कालिका भगवती गुठी व्यवस्थापनकाे निर्णय

१५ माघ २०८२, बिहिवार स्टार संवाददाता

काडमाडाैं । कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङले पार्किङ शुल्कबाट संकलित रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । समितिले सामाजिक उत्तरदायित्व वहन गर्दै शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए ।

यसअघि कार्यसमितिले पार्किङ शुल्क मानव सेवाका लागि प्रदान गर्दै आएको थियो । गुठीको तर्फबाट आश्रमलाई यसअघि एकमुष्ट रकम सहयोग गरिसकिएकोले अब शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरिएको अध्यक्ष खड्काले बताए।

पार्किङ शुल्कबाट संकलित रकममध्ये व्यवस्थापनमा खटिएका कर्मचारीहरूको खर्च कटाएर बाँकी रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरूको छात्रवृत्तिका लागि खर्च गरिने छ। सुरुमा बागलुङ नगरपालिकाका १ देखि ४ नम्बर वडाभित्रका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।

हाललाई पार्किङ शुल्क स्वेच्छिक गरिएको भएपनि सामान्यतया मोटरसाइकलले २० रुपैयाँ र गाडीले ५० रुपैयाँ दिने गरेको समितिका सदस्य ध्रुव खड्काले बताए। आर्थिक अवस्था कमजोर भए पनि पढ्न इच्छुक विद्यार्थीहरूका लागि यसले अध्ययनमा महत्वपूर्ण टेवा पुर्‍याउने उनको भनाइ छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्