sevenstartv.com ९ माघ २०८२, शुक्रवार

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी हैरान

९ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी हैरान भएका छन् । जैमिनी नगरपालिका बडा १ कि गुमा पौडेले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो गरेकी छन् । 

अहिले बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको र बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता रहेको उनले गुनासो गरीन् । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिने गरेकोमा अहिले बाह्रै महिना बाँदरको हुल गाउँमै बस्न थालेको छ ।

जैमिनि नगरपालिका  बडाज्ञ पोखरी गाउँ कि माया देबी आचार्यले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताइन् । पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको छ । पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो । आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन थालेको पौडेलका गुनासो छ ।

बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासीले गुनासो गरेका छन् । जैमिनी नगरपालिकाले यसका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाए पनि योजना अलपत्र रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्