बैतडीमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु
काठमाडौं । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो । मृतक र घाइतेको पहिचान हुन सकेको छैन् र
घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ ।
दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।
