sevenstartv.com २६ फागुन २०८२, मङ्गलवार

मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु

१ माघ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको छ । मार्बल बोकेर विराटनगरबाट राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहीबार बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको हो । 

ज्यान गुमाउनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निशु गुरुङ र चद्र गुरुङ रहेका छन् । उनीहरू एकै गाउँका हुन् । ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारको मार्बलले नै किचिएर मृत्यु भएको प्रहरीले बताएको छ ।

अगाडि बसेका पाँच जनामध्ये तीन जना सामान्य घाइते भएका छन् । उनीहरूको विराट नरसिंह होममा उपचार भइरहेको छ। चालक भने फरार छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्