देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महाराजगन्ज पुगेका छन् । व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय देउवालाई भेट्न महाराजगन्ज पुगेका हुन् ।
टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास महाराज पुगेका हुन् । त्यो वार्तामा पनि कुरा नमिलेमा दुवै समूह आआफ्नो बाटो लाग्ने नेताहरू बताउँछन् ।
दुई समूहबिच सभापति देउवाले सक्रिय राजनीतिबाट संन्यास लिने र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई दिने टिकटमा हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने विषयमा कुरा मिलेको छैन ।
यही विषयलाई कसरी टुङ्ग्याउने भनेर शीर्ष तहमै अन्तिम छलफल हुन लागेको हो । तथापि दुवै पक्ष आआफ्नो अडानमा रहेकाले सहमति हुने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् ।
