sevenstartv.com २८ फागुन २०८२, बिहिवार

प्रशान्त तामाङको अन्त्येष्टि दार्जिलिङमा गरिदैँ

२८ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको अन्त्येष्टि आज दार्जिलिङमा गरिने भएको छ । जीटीए सरकारको पहलमा तामाङको शवलाई आजै बिहान नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङमा लगिएको थियो ।

अहिले दार्जिलिङका विभिन्न स्थानमा शवयात्रा भइरहेको छ । प्रशान्तका फयानहरुले उनलाई पुष्पगुच्छा चढाउँदै अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् । शवयात्रा पछि अन्तिम श्रद्धाञ्जलीका लागि स्थानीय चौरस्तामा राखिने र त्यही शवको अन्त्येष्टि गरिने बताइएको छ । 

भारतीय मूलका नेपाली भाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ ।