sevenstartv.com २८ फागुन २०८२, बिहिवार

श्री सरस्वति प्राथमिक विद्यालयको ३५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

२७ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । बागलुङको जैमिनी नगरपालिकाको वडानम्बर ५, बिनामारेमा अवस्थित श्री सरस्वति प्राथमिक विद्यालयको ३५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको उपस्थितिमा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्प क्षेत्री को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा विशिष्ट अतिथि  रामुजी बिक, राम पौडेल रहेका थिए । कार्यक्रममा विद्यालय स्तरको विभिन्न प्रतियोगिताहरू हाजिरिजवाफ, हिसाब, दौड, बेलुन, डान्स, मेच घुमाई, चम्चागुच्चा,  रिले,  भित्र बाहिर खेल सञ्चालन गरिएको थियो । अभिभाबक  शिक्षिका  र विद्यार्थीहरूले , बेलुन  नृत्य, र अन्य खेलकुद प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक दिपक बहादुर रोकाले आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि ठग बहादुर क्षेत्रिले शैक्षिक बिकासको लागि सरस्वति प्राथमिक  बिद्यालयले गरेको महत्वपुण योगदानलाई स्मरण गर्दै बडा कार्यालयले हरपल बिद्यालय लाई सहयोग गर्ने बताउदै  गर्दै शैक्षिक क्षेत्रमा  वडा कार्यालयले  विभिन्न शैक्षिक  गतिबिधिमा जोड दियको र शिक्षक अभिभावक बिधाथि र वडा जनप्रतिनिधि को सहयोगमा बिधाथिको उज्वल भबिस्य निमाणमा  जोड दिईरहेको बताउनुभयो कार्यक्रम मा शिक्षक तुलसि क्षेत्री लाई सम्मान गरियको थियो कार्यक्रमको सन्चालन प्रअ दिपक बहादुर रोकाले सञ्चालन गरेका थिए ।