sevenstartv.com २ चैत २०८२, सोमवार

श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

२६ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । बागलुङको  जिल्ला  जैमिनी नगरपालिकाको वडानम्बर ५, बिनामारेमा अवस्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको उपस्थितिमा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा विशिष्ट अतिथि शिक्षा समिति सदस्य श्री भवानी आचार्य, कार्यपालिका सदस्य गिता कुमारि बिक जनप्रतिनिधिहरू विष्णु शर्मा, , लक्ष्मीदेवी चापागाईं पुर्व बडा अध्यक्ष  गोपाल प्रसाद पौडेल, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू तिलादेबि शर्मा दिपक ब रोका रामुजी बिक, र , वडा बालमैत्री सहजकर्ता बुद्धि  प्रसाद पौडेल,अतिथि रहेका थिए । 

कार्यक्रममा विद्यालय स्तरको विभिन्न प्रतियोगिताहरू,  हाजिरिजवाफ, हिसाब, दौड, बेलुन, डान्स, मेच घुमाई, चम्चागुच्चा,  रिले, दौड, भित्र बाहिर, खेल  सञ्चालन गरिएको थियो । साथै,  प्रगतिशील आमा समूह सृजन्सिल आमा समुह र विद्यार्थीहरूले भजन रत्यौलि, नृत्य, र खेलकुद प्रस्तुत गरेका थिए । विद्यालयलाई २७ वर्षभन्दा लामो समयदेखि प्रघानाध्यापक को नेतृत्व प्रदान गरेका निबर्तमान प्रधानाध्यापक नारायण पौडेलले विद्यालयलाई करिब आठ हजार बराबरको स्टेसनरि सामाग्रि बितरण गरेका थिए । 

विद्यालयका प्रधानाध्यापक राम पौडेलले आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ठग बहादुर क्षेत्रिले शैक्षिक बिकासको लागि ज्ञानोदय प्राथमिक  बिद्यालयले गरेको महत्वपुण योगदानलाई सम्मान गर्दै शैक्षिक क्षेत्रमा  वडा कार्यालयले  विभिन्न शैक्षिक  गतिबिधिमा जोड दियको र शिक्षक अभिभावक बिधाथि र वडा जनप्रतिनिधि को सहयोगमा बिधाथिको उज्वल भबिस्य निमाणमा  जोड दिईरहेको बताए । कार्यक्रमको सन्चालन प्रअ राम पौडेलले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्