sevenstartv.com ९ माघ २०८२, शुक्रवार

पूर्वमन्त्री होमनाथ दाहालको निधन

२६ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं ।  पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौंमा उनको निधन भएको हो । 

८४ वर्षीय दाहाल केही समयता  अस्वस्थ थिए ।  आज बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पण गरिने र ९:३० बजेपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाह संस्कार गरीने जनाइएको छ । 

दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारार्थ  रहेकी छन् । दाहालका दुई छोरा डा सुधाम्शु  र हिमाम्सु रहेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ पत्रकार समेत रहेका दाहाल  नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत रहेका थिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्