sevenstartv.com ९ माघ २०८२, शुक्रवार

धौलागिरि क्याम्पसको पुस्तकालयलाई एक लाख बराबरको सामग्री

२५ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । वैदेशिक रोजगारिका क्रममा जापान रहेका एक युवाले धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालयलाई विभिन्न सामग्री उपलब्ध गराएका छन् ।
बागलुङको गलकोट नगरपालिका २ घर भइ हाल जापानको ओशाका रहेका नविन रेग्मीले आफ्ना स्वर्गिय माता मसिना रेग्मी र पिता रामप्रसाद रेग्मीको सम्झनामा पुस्तकालयलाई एक लाख बराबरको सामग्री उपलब्ध गराएका हुन् ।

पुस्तकालयका प्रमुख कल्पना रेग्मीको सहजिकरणमा उपलब्ध भएको सामग्री बिहीबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । रेग्मीबाट बारकोर्ड स्क्यानर मेसिन, एक वर्षको इन्टरनेट प्याकेज, फोन सेट र एक थान युरोगार्ड मेसिन प्राप्त भएको पुस्तकालय प्रमुख रेग्मीले बताए । 

सामग्री बुझ्दै धौलागिरि बहुमुखी क्याम्पस प्रमुख डा सुदर्शन सिलवालले पुस्तकालयलाई व्यवस्थित गर्दै विद्यार्थी र पाठकलाई सहजता प्रदान गर्ने कार्यमा रेग्मीले गर्नु भएको सहयोग अतुलनिय भएको बताउनु भएको थियो । पुस्तकालयमा आएर अध्ययन गर्न चाहनेलाई स्वच्छ पानी, सहज इन्टरनेट र पुस्तकको संरक्षण र सुरक्षाका लागि बारकोर्डले सहयोग पुग्ने भन्दै रेग्मीलाई धन्यवाद ज्ञापन गरेका छन् । 

उनले यस्तै सहयोगीको सहयोगबाट पुस्तकालयलाई थप व्यस्थित बनाउँदै गएको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्