माघेसङ्क्रान्ति नजिकिएसँगै तरुल, सख्खरखण्ड, पिडालु लगायतका कन्दमूल किन्नेहरुको भीड
काठमाडौं । धर्म, सस्कृति, रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति । माघे संक्रान्तिलाई कन्दमुलखाने चाडको रुपमा पनि लिइन्छ । ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे संक्रान्तिवा मकर संक्रान्ति भनिन्छ ।
माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डु, सख्खरका परिकार बनाएर खाइन्छ । यस्तै तरुल, सख्खरखण्ड, पिडालु लगायतका कन्दमुल उसिनेर खाने चलन छ ।अहिले काठमाडौं उपत्यकाको प्रमुख तरकारी बजारहरुमा कन्दमूल र तरुल किन्नेको भिड बढेको छ भने व्यापारीहरु तरुल बच्न व्यस्त देखिन्छन् । माघे सङ्क्रान्तिलाई लक्षित गरेर व्यापारीले उपत्यकाका बजारमा देशका विभिन्न ठाउँबाट बजारमा १८ किसिमका तरुल भित्त्र्रायाएका छन् । तरुलको मूल्यमाविगतकावर्षभन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् ।
यस बर्ष प्रति ढक पाँच किलोको २०० देखि ५०० रुपैयाँ सम्ममा विभिन्न थरीकातरुलविक्रीभइरहेको छ । माघे संक्रान्तिकै अवसर पारेर हरेक बर्ष अत्याधिक बिक्री हुने तरुल यस बर्ष पनि व्यापार राम्रै भइरहेकाले व्यापारीहरु उत्साहीतछन् । केही दिन यता दैनिक तीन देखि चार लाख रुपैयाँसम्मको व्यापार हुने गरेको उनीहरुका भनाई छ ।
माघे सङ्क्रान्ति स्वास्थ्य र समाजसँग जोडिएको पर्व मानिन्छ । हाम्रा चाड पर्वको संस्कृतिसँगै आर्थिक महत्त्व पनि उत्तिकै छ । यस्तो चाडपर्वका बेला स्थानीय उत्पादनले राम्रै बजार पाउने गरेका छन् । नेपालमा तरुलको मुख्य उत्पादक जिल्ला सर्लाही हो । त्यसबाहेक चितवन, नवलपरासी, सिन्धुली, धादिङ, नुवाकोट, पाल्पा लगायतबाट भित्रिएका तरुल हरेक वर्ष पुस महिनामा सबै भन्दा बढि विक्री हुने गर्दछ । यो वर्ष माघे सङ्क्रान्तिका लागिकाठमाडौँ उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा महँगिएको उपभोक्ताहरु बताउँछन् ।
नेपालमा माग हुनेमध्ये धेरै तरुल नेपालमै उत्पादन हुने गरेको छ भने केही मात्रमा भारतबाट आयात हुने गरेको छ । हरेक वस्तुमा बाह्य बजारमानिर्भर हुनुपरे पनि तरुलकालागि भने नेपाल आत्मनिर्भर बन्न सक्ने सम्भावना उच्च छ । त्यसैले माघे सङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने तरुलको व्यावसायिक खेती गर्ने पहल गर्नुपर्ने देखिन्छ ।
