निर्वाचन प्रहरीको भर्ना खुल्यो
काठमाडौं । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ । मानवस्रोत विकास विभाग ९भर्ना छनोट शाखा० ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लाख ३३ हजार २८० जना निर्वाचन प्रहरी माग गरेको हो ।
इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९ गतेसम्म दरखास्त दिन सक्नेछन् । दरखास्त जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयहरू मार्फत बुझाउन सकिनेछ ।
भर्नाका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, नैतिक आचरण कायम भएको हुनुपर्ने लगायत योग्यता तोकिएको छ ।
