ललितपुरका एस.एस.पी बोगटीले बचाए महर्जनको ज्यान
काठमाडौं । बिहीबार राजावदी भन्ने विकाश महर्जनले आफ्नो फेसबुक वालमा बारम्बार स्टाटस लेख्दै आफुलाई धेरै धम्की आएकाले आत्माहत्या गर्ने बताएका थिए । उनले अब केहीबेरमा आफुले आत्माहत्या गर्ने भन्दै फेसबुकमा लाइभ गरेर बताएको दृश्य सामाजिक संजालमा भाइरल भएकाे थियाे ।
यसैबिचमा उनलाइ बचाउनकाे लागि उनकाे लोकेशन ट्याग गर्दा काठमाडौंको कोटेश्वर स्थित एक होटलबाट ललितपुरका एस.एस.पी होविन्द्र बोगटीकाे टाेलिले उनको उद्दार गरेर हाे ।
होटलबाट उनलाइ राती १ बजे उद्दार गरेर उनको ज्यान बचाएकाे बोगटीले बताएका हुन् । एस.एस.पी बोगटीले राती नै उनलाई परिवारको जिम्मा लगाएको जनाकारी दिएका छन् ।
