sevenstartv.com १० माघ २०८२, शनिवार

पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक सञ्चालनमा

१६ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । शीतलहरका कारण प्रभावित भएको पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक सञ्चालनमा आए पनि जाम छ ।

सडकमा सवारी साधनको चाप बढी भएको र सीमित गतिका कारण जाम भएको हो । पालैपालो गरेर दुवैतर्फी सडक सञ्चालन गरिएको छ । तर, त्यस क्षेत्रको बतासेडाँडा, सुख्खा खोला र बाँसखोलामा सडक खराब भएकोले गाडी पास हुन समय लागेको छ ।

दाउन्ने क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छ । यसैबेला शीत परेपछि चिप्लो हुँदा ठूला गाडीहरू पास हुन सम्या भएको प्रहरीले जनाएको छ । मौसममा सुधार नहुँदासम्म यो क्षेत्रमा सवारी आवागमन प्रभावित भइरहने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्नसमेत सुझाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्