प्रचण्डद्वारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु ले तमु समुदायको महान् पर्व ,तमु ल्होसारु र दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यी पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई विश्वसामु जीवन्त राख्न मद्दत पुर्याएको उल्लेख गरे।
शुभकामना सन्देशमा उनले बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल रहेको नेपालमा सबै समुदायको सहअस्तित्व, समानता र समावेशितालाई जोड दिएका छन्। राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्दै उनले गणतन्त्रको छहारीमा यस्ता संस्कृतिहरूको संरक्षण र प्रवर्द्धन गर्नु आजको प्रमुख आवश्यकता रहेको बताए ।

