sevenstartv.com २१ वैशाख २०८३, सोमवार

नेपाल–चीन सीमावर्ती रसुवागढी नाका सञ्चालनमा आउने

आगामी जनवरी १ देखि भने एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन हुने

१३ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आजदेखि सञ्चालनमा आउने भएको छ ।

गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका –२ रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएसँगै आजदेखि सन्चालनमा आउने भएको हो। चिनियाँ पक्षले हिजै आजदेखि नाका औपचारिक रुपमा खुला हुने सुचना सार्वजानिक गरेको छ। सुचना अनुसार आजदेखि सीमापार ढुवानीमा संलग्न नेपाली सवारी चालकहरु मात्र चीनतर्फ प्रवेश गर्न पाउने छन् । 

आगामी जनवरी १, २०२६ देखि भने एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन हुनेछ । आगमी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारी साधनको निरीक्षणपछि मात्र आवागमनको अनुमति दिनेछ । यस अविधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्