sevenstartv.com २९ मंसिर २०८२, सोमवार

कांग्रेस नेता पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन

२८ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा  निधन भएको हो । 

उनी लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए । उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए । पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्