sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

२६ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

शुक्रबार  निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटना भएको हो । 

मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको छ ।  दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्