sevenstartv.com २१ मंसिर २०८२, आइतवार

दार्चुलामा भूकम्पको धक्का

२१ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । दार्चुलामा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो । यसको तीव्रता ४।६ म्याग्निच्युड मापन गरिएको छ । हालसम्म भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।

पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पको धक्का महसुस भइरहेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्