sevenstartv.com २१ मंसिर २०८२, आइतवार

अपाङ्गता भएका नागरिकलाई आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकारका समान पहुँचको हक सुनिश्चित गरेको उपराष्ट्रपति यादवकाे भनाइ

१७ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकारका साथै सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको बताएका छन् ।

बुधबार अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस, २०२५ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैमा समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा सङ्कल्पलाई पुनः स्मरण गराउने बताउँदै उनले दिवसले थप प्रेरणा, ऊर्जा र प्रतिबद्धता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्