sevenstartv.com १ असार २०८३, सोमवार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१२ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका-१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हाे । 

मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।