sevenstartv.com ६ मंसिर २०८२, शनिवार

बारामा जेनजी–एमाले तनाब, फेरि लाग्यो कर्फ्यु

४ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बारामा जेनजी युवा र नेकपा एमालेका कार्यकर्ताहरुबीच फेरि लफडा भएको छ । बुधबार पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत लगायतका नेताहरुलाई रोक्ने क्रममा लफडा भएकोमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । आज पनि लफडा चलेपछि फेरि पनि करफ्यु आदेश जारी भएको छ । 

बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ(बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजीहरूबीच झडप भएको थियो ।  झडपका कारण सिमरा बजार क्षेत्र तनावग्रस्त बनेको थियो । एमाले नेता महेश बस्नेत बारा जाने कुरालाई लिएर दुई पक्षबीच विवाद भएको थियो । स्थिति थप बिग्रन नदिनका लागि स्थानिय प्रशासनले हिजो पनि सिमरा क्षेत्रमा कर्फ्यू लगाएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्