sevenstartv.com ६ मंसिर २०८२, शनिवार

दुर्गा प्रसाईंलाई थुनामा राखिएको विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

४ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राखिएको विरुद्धमा उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा तोकिएको छ ।

सरकारले अनुमति नदिए जबरजस्ती विरोध प्रदर्शनमा उत्रिने घोषणा गरेपछि सार्वजनिक शान्ति विरुद्धको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत म्याद थप गरी उनलाई थुनामा राखिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्