मुग्लिन-पोखरा सडक आजदेखि दैनिक चार घण्टा बन्द हुँदै
काठमाडाैं । मुग्लिन-पोखरा राजमार्ग भएर पोखरा आउने र पोखराबाट सोही मार्ग हुँदै बाहिरिने सडक खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ । मुग्लिन–पोखरा राजमार्ग अन्तर्गत सुधार योजना अन्तर्गतको पश्चिम खण्डमा १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो ।
सासेक मुग्लिन पोखरा राजमार्ग सुधार चरण एक योजना अन्तर्गत मङ्सिर २ गतेदेखि ११ गतेसम्म दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म पूर्ण तथा आवश्यकताका आधारमा आंशिक रूपमा सडक बन्द हुने छ । योजना प्रमुख कृष्ण बहादुर कुँवरका अनुसार मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ। पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिको पुल निर्माणको लागि काम भइरहेको छ ।
बाटो बन्द रहने समयमा वैकल्पिक बाटाको रूपमा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेल चौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै जाने बाटो प्रयोग गर्न सक्नेछन्। ठुला सवारीसाधनको लागि पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा निस्किएर पोखरा छिर्न सजिलो हुने छ।

.gif)