sevenstartv.com ६ मंसिर २०८२, शनिवार

हिरासतबाट भागेका सहकारीका प्रतिवादी पक्राउ

२३ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

 काठमाडौं । जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेका  स्वर्णलक्ष्मी सहकारीका ठगी  पक्राउ परेका छन् ।  सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन पक्राउ परेका हुन् । 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोह्रखुट्टेबाट पक्राउ गरेको हो । उनी कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा परिसरको हिरासतमा थिए । सहकारी ठगीका मुख्य व्यक्ति भनिएका जीबी राईका जेठान हुन् ।

उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा पनि जोडिएका थिए । अदालतको आदेशपछि उनी १० लाख धरौटीमा रिहा भएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्