sevenstartv.com ६ मंसिर २०८२, शनिवार

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

२१ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । जेन-जी आन्दोलन, प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गरि क्षति पुर्याइएको चन्द्रागिरि केबलकार कार्तिक २२ गते शनिबारदेखि पुनः सञ्चालन हुने भएको छ । 

 दसैं अगाडि नै मर्मत, सम्भार तथा आवश्यक प्राविधिक प्रणाली सुधार गरि केबलकार सञ्चालन गर्न खोजेको भएपनि महत्त्वपूर्ण सामानहरू नआइपुगेकोले केबलकार सञ्चालनमा केहि समय ढिलाई भएको तथापि अब भोलिदेखि नै केबलकार पुनः सञ्चालन हुन लागेको मुल पुजारी विदुर न्यौपानेले बताएका छन् । 

भदौ २४ गतेको प्रदर्शनका क्रममा केबलकारको बटम स्टेसनमा ठूलो परिमाणमा क्षति पुगेको थियो भने केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक प्रणाली समेत ध्वस्त भएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्