sevenstartv.com १ पुष २०८२, मङ्गलवार

यस्तो छ आजको मौसम

१२ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्