sevenstartv.com १९ वैशाख २०८३, शनिवार

अवैध अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अवैध रुपमा अमेरिका जान खाेज्ने १७६ .नेपाली ब्राजिलमा अलपत्र परेका छन् ।

ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्‍याउने दूतावासले जनाएको छ ।

मानव तस्करहरुको समूहले अवैध रुपमा अमेरिका प्रवेश गराउने भन्दै ब्राजिल लगायतका दक्षिण अमेरिकी देशहरु पुर्‍याउने गरेका छन । पछिल्लो समय ब्राजिलले नेपाल लगायतका केही देशका राहदानी बाहकलाई प्रवेशाज्ञा लिएको भए मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ ।

अब नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, त्यसरी नगएमा विमानस्थलबाट फर्काउनेछ । ‘विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइसकेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्