sevenstartv.com ६ मंसिर २०८२, शनिवार

मेची राजमार्गको राजदुवाली खण्डमा सवारी सञ्चालनमा रोक

१४ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । निरन्तरको वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग स्थित राजदुवाली सडकखण्ड सवारी सञ्चालनमा रोक लगाइएको छ । सडक दबिँदै, भासिँदै र चिरिँदै गएपछि सवारी सञ्चालनमा रोक लगाइएको हो । 

साथै तिल्केनी–सिमलगोलाई–शिल्पुर सडक खण्ड समेत पहिरोका कारण अवरुद्ध बनेको छ । अर्को सूचना जारी नभएसम्मका लागि उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्